Wednesday, April 27, 2011

भासिएकी अनुजा

श्रृजना आचार्य 

सन्चार माध्यमलाई टेकेर कथित इमान्दारीताको उचाई चुम्ने नाटकिय प्रयास गरेको तेस्रो दिनै अनुजा बानिया बेईमानिको ठूलो दलदलमा भासिन पुगीन् । सकारात्मक समाचारको खडेरीमा  अनपढ अनुजाले पत्रकारलाई ठूलो शिक्षा दिदै रचेको घटना सञ्चार माध्यमले महत्वका साथ प्रकाशित गरेर भ्रष्ट समाजमा अझै आदर्श लुकेको रहेछ भन्ने गहिरो छाप सबैका मन मस्तिष्कमा पार्न सफल भयो ।  
घर छिमेकमा मुस्किलले परिचित अनुजालाई उक्त कथित आर्दश बोकेको समाचारले विश्व ब्यापि बनायो । विश्वासमा ख्याति कमाएका सन्चारमाध्यमका लागि उनको कोरा दिमागको खुराफात ठूलो खुराक बन्न पुग्यो ।  
समाजमा जरो गाड्दै गएको बेइमानी, फटाई र भ्रष्टाचार लगायत नकारात्मक कुरा मात्र समाचारका बिषय बनाउने संचार माध्यमलाई अनुजाको चुतु¥याई युक्त आदर्श  महत्वको बिषय यसकारण बन्यो कि समाजमा कतै अझै  निष्ठाको  अबशेष बाकि छ । 
सत्य भईदिएको भए यो घटना बिश्व मानव समाजकै लागि पाठ हुने थियो । तर, रहस्य खुल्दा  केवल आफूलाई चर्चामा ल्याउन अनैतिक ढंगले गरेको अभिनय पुष्टि भयो । जे होस यसलाई दुई बेग्ला बेग्लै तर सकारात्मक रुपमा बुझन र ग्रहण गर्न सकिन्छ ।  
ईमान देखाउने कथाबुन्दा झन बेईमान हुन पुगेकी अजुनाको समाचार अन्य अपराध र नकारात्क समाचार भन्दा बढी प्रभाबकारी साबित भएको छ । हत्या अपहरण र भ्रष्टचारका समाचार पढदा सुन्दा र हेर्दा मानिस दिक्क मान्ने भएकाले त्यसको प्रभाव वा प्रतिकृया निकै न्यून देखिन्थो । तर, बईमानिनै  गरेको भएपनि अनुजालाई लाखौ लाख पाठकले एकाएक  आदर्श पात्रको सर्बोतकृष्ठ उदाहरणका रुपमा लिए । वाह वाह वाह अनुजा घर सडक पसल जताततै उनको नाम लिनेहरुको लहरनै देखियो । नकिन्ने मानिसले पत्रिका किने भने एउटा अखबारले छापेको समाचार नछाप्ने अखवारले पनि अर्को दिन  प्रकाशित गरे ।  
अनुजा प्रकरणले पाठक, दर्शक र श्रोता सधै आदर्शको पक्षमा रहेको  स्पष्ट देखायो । कमै सञ्चार माध्यमले सकारात्मक कुरालाई प्रथामिकता दिने पत्रकारितको सस्कृति मौलाई रहेका बेला अपवाद स्वरुप अनुजा समाचार बन्न पुगेकी हुन ।  असत्य साबीत भएको यो प्रकरणमा सबै भन्दा ठूलो चोठ सञ्चारकर्मीले सहनु परेको छ ।  चोट वा लगनशिलताले नै खार्ने भएकाले पनि पत्रकारले  भावनात्मक रुपमा  नभई  सत्यताको गहिराईमा  छोएर सम्प्रेषण गर्न पे्ररित गरेकी छिन अनुजाले  । 
अनुजा प्रकरणमा समाचार प्रतिको बिश्वास देखियो  । मानिस कति बिश्वास गर्छन सञ्चार माध्यमलाई  भन्ने उदाहरण राष्ट्रपति बने । तर, उनले जस्तालई आधार मानेर बिश्वास गरे पछि त्यहि  माध्यमले बिश्वासमा चोट पुराएको महसुस गरे ।  
कथित इमान्दारीताको सानो प्रकाशले सर्बत्र ठुलो रिफ्ल्याक्सन देखायो । एक अशिक्षित युवती संग संसार झुक्याउने  चतुर दिमाग पनि देखियो  । नकारात्मक कुराको विकिरणले विशुद्ध भएको समाजमा उक्त कथित समाचारले सबैको मनमा फरक भावनाको जन्म गरायो । 
जनताले भोट दिएर  चुनेका दूई सभासदले पंैसाकै लागि आफ्नो इमान बेचेको खबर पछि बेईमानि प्रमाणित भएलगतै  पक्राउ परेको समाचार सेलाउन नपाउदै अनुजा सबैलाई झुक्काउने पंतिमा अग्रणी बनेर उदाईन । 
सार्वजनिक सवारी साधनमा ९१ लाख रुपैया र हिराको हार फेला पारेर पनि सम्बन्धित धनिलाई त्यो रकम फिर्ता गरिदिएको घटनाले अनुजा चर्चामा आएकी हुन् । भोजपुर झुल्के घर भई धरानमा बस्दै आएकी २१ वर्षिय अनुजा अहिले शंकाको घेरामा छन् । किनकी उनले जसलाई रकम फिर्ता गरिदिए भनिन ति ब्यक्ति अहिले सम्म सार्वजनिक भएका छैनन् । 
धेरै राम्रो र धेरै नराम्रो दुबै कामले मानिसलाई बिख्यात र कुख्यात बनाउछ  । तर, अनुजाले गरेको कामलाई के भन्ने ? उनी त कुनै कामनै  नगरी चर्चित भइन् । काम गरेको भन्ने हावा मात्र फैलाइन भन्ने आरोप उनलाई लागेको छ । 
अरुलाई जे लागे पनि एक दिन भए पनि अपत्यारीलो, उदाहरणीय समाचार त पढ्न सुन्न पाउदा मलाई खुसीनै लाग्यो । पैसाकै लागि पांच वर्षिय बालक समेत अपहरण गर्न तयार हुने अपराधि, आफनो पासपोर्ट समेत बिक्रिगर्ने सभासद र अन्य भ्रष्टनेताको तुलनामा अनुजाले आफुलाई चर्चाको चुलीमा पुर्याउन गरेको प्रयासलाई अपराध भन्न सकिएला ?    









2 comments:

  1. हे अनुजा, तिम्रो खुराफात मलाई एक्दमै मन पर्यो । तिमी एमाले पार्टी मा प्रवेश गर, प्रधानमन्त्री हुनेछ्यौ । तिम्रो दिमाग के पी ओलीको भन्दा ध्यंसात्मक रहेछ । बधाई छ तिमीलाई ।

    ReplyDelete
  2. You are right Srijana ji, but media person should also analyse what is wrong and what is right before publishing any news. They should use their common sense. It seems to me that all the media in Nepal want to be always first and do not care much on reality and truth.

    Thanks

    ReplyDelete