Saturday, April 16, 2011

अब पश्चिमबाटै कृषि क्रान्ति

श्रृजना आचार्य
नेपालगन्ज, २ बैशाख – बन्दूक उठाएर राजनीतिक क्रान्ति थालेको मध्पश्चिबाटै ठूला नदीको पानी बाझो खेतमा पु¥याएर कृषि क्रान्ति ल्याउने धेरै आधार र सम्भावना देखा परेका छन । सन्चालित सिक्टा र बबई सिचाई आयोजनाको निमार्णमा भईरहको तीब्रताले पश्चिममा कृषि क्रान्ति ल्याउने संभावना बढाएको छ ।
बाके र बर्दियामा सन्चालित उक्त दुई ठुला आयोजनाको पानीले बाझो र सुख्खा खेतमा अन्नबाली लहलह फलाउन सकिने दिन नजिकिदै गएकाले कृषि क्रान्तिको सम्भावना देखापरेको हो ।
तीन बर्षमा राप्ती नदीको पानी डुडुवा नाला सम्म पु¥याईने छ , सिक्टा सिचाई आयोजनाका डिभिजन ईन्जिनियर मीनराज ढकालले भने–त्यस पछि मरु भूमिजस्तो बाकेबाटै कृषि क्रान्तिको सुरुवात हुने छ ।
बबईको पानी खेतखेतमा पु¥याउन शाखा नहर निर्माण भैरहेका छन । मूलनहरबाट पानी बितरण सुरु भईसेको छ । तर, खोती योग्य जमिन भन्दा पानीको स्रोत कम भएकाले सिचाई बिभागले भेरी डाईभर्सन गरी ४० घन मिटर पानी बबई नदीमा खसाल्ने सर्भे तथा अन्य भौगर्भिक अध्ययन थालेको छ ।
६ बर्षमा भेरी नदीको पानी बबई हुदै किसानको बाझो खेत सम्म पु¥याउने लक्ष्य छ । राप्तीको पानीले तीनबर्ष भित्रै सिचाई गर्न सकिने भएको छ । पश्चिम बबई र पुर्व राप्ती दुई नदीको पानीले दुई जिल्लाको ८३ हजार हेक्टर भूमि सिंचित हुने छ ।
त्यसपछि पानीनै नभएको ठाउमा बर्षेनी तीन बाली भित्राउन सकिने छ सिक्टाका डिभिजन ईन्जिनियर ढकाले खेती प्रणालिमा ब्यापक परिवर्तन ल्याउन सकिने उल्लेख गर्दै भने– अब कषि प्रबिधि र पानी बितरण प्रणलिको प्रचार प्रसारमा जोड दिनुपर्ने बेला आएको छ ।
अधिकांश मझौला नदीको पानी उपयोग गरी सिचाई गरीदै आएका बेला भेरी र राप्ती जस्ता ठुला नदीको पानीलाई सुख्खा खेतमा पु¥याउई पश्चिम तराईका दुई जिल्लामा नहर तथा शाखा नहर निर्माण भैरहेका छन ।
बबई तालको तह ३० सेमी भन्दा माथि उठन नदिने र नदिको ताप २ डिग्रि सेल्सीयस भन्दा बढी हुन नदिने गरी भेरीको पानी बबईमा खसाल्न लागिएको हो । जसका लागि साढे १४ अर्ब रुपैया लाग्ने अनुमान छ । राष्टिय योजना आयोग र वातावरण मन्त्रालयले छिटै आयोजना स्वीकृत गरे बिभागले उपलब्ध बजेट बाटै काम थाल्न सक्ने अधिकारीहरुले बताएका छन । यसका लागि बार्षिक २ अर्ब रुपेया छुट्टाउने भएको छ ।
आयोजना स्वीकृत हुना साथ बबई पश्चिमको २१ हजार हेक्टर क्षेत्रमा सिचाई सुबिधा पु¥याउन नहर निर्माण योजना सुरु गरिने छ । “भेरी डाइभर्सनको प्रतिबेदन आउन साथ सिक्टाको १५किमी मूल र शाखा नहरको अध्ययन सर्भे गर्नृ सकिने छ ” , सिक्टा सिचाई आयोजनाका डिभिजन ईन्जिनियर ढकालले भने–“डाईभर्सन पछि सिक्टाले कभर नगरेको क्षेत्रमा सिचाई सुबिधा पुग्ने सम्भावना देखिएको छ ।
उक्तः दुई ठूला आयोजना सगै मध्यपश्चिममा मझौला सिचाई आयोजना अन्तरर्गत बिभिन्न ५० वटा सिचाई कार्यक्रम सन्चालनमा छन । सिचाई तथा जलस्रोत ब्यबस्थापन आयोजना अन्तरगत ७० र कर्णालीका ५ जिल्लामा कर्णाली बिकास सिचाई कार्यक्रम अन्तरगत ७ समेत करिब १ सय तीन वटा ठूला साना सिचाई योजनाको निर्माण कार्य भैरहेको मध्यपश्चिम क्षेत्रीय सिचाई निर्देशनालयले जनाएको छ ।
बरुद र बन्दूकबाट राजनीतिक क्रान्ति थालको क्षेत्रमा उक्त सिचाई योजनाको निर्माण सकिए पछि पानी र कृषि क्रान्तिको थालनी हुने बिश्वास सरकारी अधिकारीहरुले लिएका छन ।
नेपाली कृषि क्रान्तिका लागि आबश्यक पर्ने नदीको पानी खेत सम्म पु¥याउन सिचाई बिभागले गरेको हवाई सर्भेमा बिदेशी प्रबिधिकहरुले समेत योगदान दिएका छन । फिनल्याण्डका सेमी कोल्भो ( कबmष् पयखियध ) सहित तीन जना नेभिगेटरले पहिलो पटक लाईडर प्रबिधिद्धारा सर्भे कार्यमा सघाउ पु¥याएका थिए ।
मध्यपश्चिममा कूल ४ लाख ५३ हजार ९ हेक्टर खेती योग्य र सिाचाई हुन सक्ने २ लाख २३ हजार ७९ हेक्टर जमिन छ । त्यस मध्य १ लाख ८० हजार हेक्टर क्षेत्रमा सिचाई सुबिधिा पु¥याउने उद्धेश्यका साथ काम भईरहेको छ ।

3 comments: