Wednesday, April 13, 2011



बित्यो असुरक्षा र भयको बर्ष

श्रृजना आचार्य
नेपालगन्ज,३० चैत–मध्यपश्चिमको प्रमुख नगर नेपालगन्जमा वितेको एक वर्ष सुखद दुखद ÷उत्साह र निरासा बोकेका धेरै घटना भए । विकासका आसा लाग्दा किरण देखिए भने असुरक्षा हिंसा र आतंकको भयावह अवस्थावाट गुज्रिनु पर्यो ।
राजनीतिक, सामाजिक र आर्थिक गतिविधि पनि वितेका १२ महिनामा उल्लेख्य भएका छन् । खास गरी नेपालगन्ज अरु कुराले भन्दा वर्ष भरीनै असुरक्षा आतंक भए त्रासले प्रताडित भयो ।  भट्टिटोलका दुई विद्यार्थी कपिल द्धिवेद्धी र लिलाधर भट्टको अपहरण पछि भएको विभत्स हत्याले नगरमा भयावहको सिर्जना गर्यो । दशैको मुखमा भएको उक्त हत्याले नगरबासीहरु आतंकित बने । प्रहरी निस्किृयताले हत्या भएको ठहर सवैले गरे । सर्वत्र प्रहरी प्रशासनको चर्काे आलोचना भयो । हत्या अपहरण जस्तो जघन्य घटनामा एक जना अधिकारकर्मीको नाम समेत मुछिनु र एक जना प्रहरीको संलग्नता देखिनुले नागरीकमा विश्वासको ठुलो संकट उत्पन्न गरायो । यसले सर्वसाधारण र अधिकारकर्मी बिचको दुरी समेत बढायो ।
तर हत्यामा संलग्नहरुको पहिचान गरी केहीलाई प्रहरीले पक्राउ गरेकाले सुरक्षाको झिनो आशा जगायो । विद्यार्थी हत्या काण्ड पछि सबै भन्दा बढी चर्चाको शिखरमा प्रहरी नायव उपरिक्षक विनोद घिमिरे पुगे । नृसंस हत्याका नाइके मेराजलाई पक्राउ गर्न सफल भएकाले घिमिरे पुरस्कृत समेत हुन पुगे ।
दुई÷ तीन ब्यापारीक प्रतिष्ठान, सार्वजनिक सवारी साधनमा भएका बम विस्फोटनले आतंक र असुरक्षा फेरी थपेको छ । नगर नेपालगन्जवाट कोहलपुर जांदै गरेको बसमा यहि चैत महिनामा भएको बम विस्फोटनमा ६ जना घाईते भए । त्यस अघि गत पुस १४ गते नेपालगन्जको सुर्खेतरोडमा रहेको गौरीशंकर ट्रेडर्समा दिउसै ४ वजे तिर गराइएको बम बिस्फोटनमा ४ जना गम्भिर घाइते भए । रामप्रसाद चालिसे, दिर्घराज आचार्य, शिवराज चालिसे र डिल्लीराज रेग्मी गम्भीर घाइते भएका थिए । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेका तीन जनालाई जिल्ला अदालत बांकेले साधारण तारेखमा मुक्त गर्यो । तर जिल्ला अदालतको सो आदेशमा त्रुटी औल्याउदै पुनरावेदन अदालत नेपालगन्जले पुन पक्राउ गरेर मुद्दा चलाउन आदेश दिएको छ । एउटा अदातले अभियुक्तलाई छाड्ने र अर्काेले मुद्दा चलाउन आदेश दिने परस्पर विरोधी कानुनी चलखेल पनि थप चर्चाको विषय हो । जिल्ला अदालतले विस्फोटमा संलग्न अभियुक्तहरु सद्दाम खाँ, गुड्डु साहु र सर्वजित वर्मालाइ साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।
का बम विष्फोट गराएको जयसपुरमा लागु पदार्थ र अवैध धन्दाको कारोवार खुलेआम हुनाले धेरै किशोर किशोरी बर्वादीको मुखमा पुगे । अपेक्षा गरेजस्तो प्रहरी अप्रेशन नभए पनि केही लागु पदार्ध ओसार पसारमा कारोबारमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।
वर्षको अन्तिम चैत महिना नगर र जिल्लाका विभिन्न बम आतंकनै भयो । सबै भन्दा बढी बम फेला परेको चैतको दोस्रो सातामा हो । सर्वसाधारण घर, गल्ली र सडकमा जताततै बम भेटीए । तर बम राख्नेहरु कोही फेला परेनन् ।
चन्दा आतंक, अपहरण र हत्याका घटना कुनै बेला बढ्ने र कुनै बेला घट्ने भए पनि समष्टिमा सुरक्षा अवस्था कमजोर नै रह्यो । धम्कीका भरमा चन्दा बुझाउने क्रम रोकीएन् । प्रहरी प्रति विश्वास नगरी सिमा पारी पुगेर पैसा बुझाउने र ज्यान जोगाउनेको लहर चल्यो । जुवा तास खेल्ने र खेलाउनेहरुको आतंक पनि उल्लेखनिय रह्यो । राजनीतिक दलको भुमिका पनि दुविधायुक्त देखियो । एकातिर अपराधिको विरोध गर्ने र अर्कातिर अपराधिक गतिविधिमा संलग्नलाई जोगाउन सडक जाम गर्ने सम्मका कृयाकलाप राजनीतिक दलवाट भयो । यो अवस्थावाट गुज्रेका नगरवासीहरुले नयां वर्ष २०६८ को सुर्याेदय संगै सुरक्षित जिवन यापनको वातावरण छाउने आशा गरेका छन् ।


4 comments:

  1. thank you daai , daai le protsahan dinu par6a ni

    ReplyDelete
  2. ramro chha ....but per story atleast 1 picture pani vayo vane ramro hunthyo ki

    ReplyDelete
  3. suresh jee thanks, ma bharkhar sikdai 6u , artical sangai pic rakhna najaanera ho.

    ReplyDelete