श्रृजना आचार्य
काठमाण्डौमा एउटै पार्टीका दुई नेताले अंगालो हाले भने तिनीहरु ठुल–ठुला अखबारका पानामा छापिन्छन् । दुई तिर फर्किएर ठुस्एिर बसेको फोटो लिन पाए पत्रकारले महान अवसर पाएको महशुष गर्छन ।
काठमाण्डौमा मोहन वैद्ध किरण र प्रचण्डले एउटै पार्टी भित्र खिचलो झिकेर राजनीतिक माहोल तताइरहंदा शोभा र चन्द्रकला एक अर्काको आंखाको आंशु पुछ्दै हुन्छन् । उनीहरुलाई राजधानीको राजनीति प्रति कुनै वास्ता छैन । सरकारमा बसेकाहरुले उनीहरु बिचमा धेरै पटक फुट ल्याउने कोशीष गरे । कहिले एउटालाई सेवा र सुविधा दिने कुरा सुनाए कहिले अर्कालाई मात्र अवसरको ललिपप दिने आश्वासन दिए । तर उनीहरु भने एक अर्काका अधिकारका लागि संगै आवाज उठाएका छन् र उठाइरहने प्रण गर्छन ।
‘हाम्रो कथा एउटै हो अनि पीडा कसरी फरक हुन्छ’ शोभा भन्छिन्–‘राज्यले पटक–पटक हामीमा विभेद गरेको छ ।’ शसस्त्र द्धन्द्धको बेलामा आफन्त गुमाएका माओवादी र राज्यपक्षका पीडित महिलाका लागि संयुक्त संगठन निर्माण गर्न खोज्दा सुरुमा शोभालाई धेरैले पत्याएनन् । अहिले यिनीहरु समाजका उदाहरणीय पात्र बनेका छन् ।
द्धन्द्ध पीडितका पक्षमा भएका सार्वजनिक समारोहमा यि दुवै जना संगै पुग्छन् । प्रायजसो संगै बसेको देखिन्छन् । ‘हामी हाम्रा लागि होइन हामी जस्तै तर आफ्ना समस्या सुनाउन नसकेकाहरुको आवाज बोल्न आउंछौं’ चन्द्रकला भन्छिन्–‘अरुका पीडा सुनाउंदा सुनाउदै आफ्नो पीडा त छायामा परिसक्यो ।’
यि दुई महिलाले आफुजस्तै फरक फरक पक्षवाट पीडित भएकाहरुलाई पीडा पोख्ने साझा मञ्च तयार पारेका छन् । यहि मञ्चमा थुप्रै महिला आउंछन्, आफ्ना कथा सुनाउंछन्, धक फुकाएर रुन्छन् अनि आफुजस्ता थुप्रै महिलालाई देखेर मन बुझाएर बस्छन् । ‘आफ्ना पीडा मात्र सुनाउन पाए पनि आधा सन्तोष हुन्छ’ चन्द्रकला भन्छिन्–‘राज्यका कानमा बतास लाग्छ लाग्दैन कम्तिमा हामी जस्ता महिला एक ठाउं त भएका छौं ।’
राज्यले यिनीहरुका बिचमा जति जति विभेद गर्दैछ यि महिला भने एकताको कसीमा उति धेरै कसिदै छन् । दायरा फराकिलो बनाउंदैछन् । हामी एक छौं भन्ने सन्देश दिन नेपालगन्जमा आइतवार यिनीहरुले मध्यपश्चिमभरीका आफुजस्तै पीडित महिलालाई भेला पारे । संधै जस्तै आफ्ना पीडा सुनाए । कतिले आफ्ना पीडाका कथा सुनाउंदै भक्कानिय, कति ति महिलाहरुको पीडा सुनेर आंशु पुछे । आखिर जसले पीडा सुनाए पनि आशु त सबैको झर्दो रहेछ ।
वृद्ध भत्ता खाने उमेर पुग्न दुई महिना मात्र कुर्नुपर्ने अवस्थामा पुगेकी बर्दिया नेउलापुरकी जगत कुमारी बस्नेतले आफ्ना दुई खाइलाग्दा छोरा सुरक्षा निकायवाट बेपत्ता पारीएको र एउटा छोरालाई अपाङ्ग बनाए पछिको दर्दनाक कथा सुनाउंदा मञ्चमा बसेकी शोभाले मन थाम्न सकिनन् । आंखाभरीको आंशु सारीको सप्कोले लुकाउने धेरै प्रयास गरीन तर सफल भइनन् ।
त्यतिबेलै चन्द्रकला भने प्युठानकी सहिद प्रहरी परिवारको पर्खाइमा थिइन् । ‘सवै मृतक प्रहरीका श्रीमतिले राज्यवाट सुविधा पाए तर तिनले अहिले सम्म केही पाएकी छैनन्’ चन्द्रकलाले भनिन्–‘आज उनलाई पनि यहां बोलाएकी छु ।’ प्युठानवाट कार्यक्रममा सहभागी हुन आउंदै गरेकी ति महिला कार्यक्रम स्थल नदेखेर बसमा सिधै भन्सार पुगिछन् । ति महिलाले पाएको दुख सुनेर चन्द्रकला दुखि हुंदै हतासिएकी थिइन् ।
उनीहरुले दिएको मञ्च प्रयोग गरेर त्यहां सबैले आफ्ना कथा सुनाए । जसले पीडा सुनाए पनि सहभागी सबै द्धन्द्ध पीडितहरुको आंखा रसाउंथ्यो । त्यहां कुनै भेदभाव थिएन । न रिस, राग न कुनै द्धवेस थियो । शसस्त्र द्धन्द्धका समयमा उनीहरुका पति एक अर्का पक्षको विरुद्धमा उत्रिए ज्यान गुमाए । तर यि महिलाको पीडामा भने कुनै फरक पन देखिएन । एउटाको पीडामा अर्काे रोएको छ । एउटाको अधिकारको कुरा अर्काेले गरेको छ ।
Srijana ji,
ReplyDeleteBased on the reality and heart touching. Keep it up.All the best.
Janata lai ladayera kurshi ma tikna khojne neta lai kurshi choddera tini haru ko bash ujadna payiyo bhane Nepal ma janme ko jiwan sarthak hune thiyo ki ........ ani aafai ma ek jut bhayera bashne nari haru lai mero tarfa bata nyano abhibadan......
ReplyDeleteThanks Srijana ji, for reporting and sharing with us. Keep your innovative and energetic spirits up!
ReplyDeletethank u prakash, madhu and basanta jee ................
ReplyDelete