Monday, May 14, 2012

पीडा नाताको

श्रृजना आचार्य
बांके कोहलपुर ३ कि चन्द्रकला अधिकारीले दिनहुं अखबारका पाना र टेलिभिजनका पर्दामा आफ्नी भाउनु पुर्णाकुमारी सुवेदीले सम्माान र सुविधा भोग गरेको देख्छिन् । देश र नागरीकका लागि ठुलो चिन्ता ब्यक्त गरेका अभिब्यक्ति हेर्छिन । देश र जनताका मुक्तिका लागि १० वर्ष शसस्त्र आन्दोलन गरेका उनका दाजु प्रकाश सुवेदी ‘चन्द्रकान्ता’ अहिले पार्टीको जिम्मेवार तहमा छन् । भाउजु संविधान निर्माणको जिम्मेवार पद उपसभामुख भएकी छन् । तर चन्द्रकलाको दैनिकी भने विहान र सांझको छाक जुटाउने र कुटो कोदालो गर्नमै बितेको छ ।
न उनलाई राजनीतिक परिवर्तनले छोयो न शान्तिको श्वास फेर्न पाएकी छन् । जव उनका दाजु भाउजु जनताका मुक्तिका लागि युद्धका होमिएका थिए । त्यतिबेला चन्द्रकलाका दिन पनि निकै सास्ती पुर्ण भए । दिनहुं आफु बांचेकोमा धन्य सम्झनु पर्ने अवस्था थियो । निर्दाेश चन्द्रकलाले आफन्त माओवादी भएकी कारण ठुलो सास्ती भोगिन । बुुढेसकालका सहारा एउटा छोरालाई नेपाली सेनाले बेपत्ता बनायो भने एउटा छोरा अत्याधिक यातनाका कारण मानसिक रुपमा रोगि बनेका छन् ।
भाउजु पुर्णा कुमारी र दाजु प्रकाश सुवेदी माओवादी भएकै कारण नेपाली सेनाको यातनाले उनका प्रत्येक दिन मृत्यु समान बनेका थिए ।
दाजु भाउजु एउटा लक्ष्य लिएर बलिदानीमा होमिएका थिए भने तर त्यसमा उनको केही भुमिका थिएन । न कुनै राजनीतिक लक्ष्य थियो न जिवनमा कुनै ठुलो आशा । परीवारसंग बसेर जिवनका अन्तिम दिन विताउने उनको स्यानो आशामा मुलुकमा चलेको हिंसात्मक द्धन्द्धले तुसारापात पारीदियो ।
दाजु भाउजु त राजनीतिक लक्ष्य अुनसार राजनीतिमा होमिएका थिए । राजनीतिक परिवर्तन पछि बलिदानी अनुसारको अनुसारको फल पाए । तर चन्द्रकलाका दिन जस्ताको तस्तै छन् । आफन्त माओवादी भएका कारण पाएको सास्ती, यातना र त्यागको हिसाव किताव पनि गर्न पाएकी छैनन् । ति दिन सम्झिदा मुटु भक्कानिएर आउंछ । मन अमिलो हुन्छ ।
दाजु प्रकाशको नजिकै घर बनाएर बसेकी चन्द्रकला माओवादी कार्यकर्ताको वहिनी भएकै कारण आफ्नो एक छोरा गुमाइन एक छोरा अपाङ्ग जस्तै बनाइएका छन् । दाजु प्रकाशलाई खोज्दै आएका सेनाले उनका छोरा देवि प्रसाद अधिकारीलाई २०५९ सालमा बेपत्ता बनायो भने अर्का छोरा शालिकरामलाई चरम कुटपीट गर्यो ।
त्यतिबेला नेपाली कांग्रेसको राजनीति गर्ने शालिकराम पनि माओवादी कार्यकर्ताको भान्जा भएकै कारण यातनाको शिकार हुनुपर्यो । ‘मलाई माओवादी के हो भन्ने पनि थाहा थिएन’ शालिकरामले भने–‘अहिले पनि माक्र्सको सिद्धान्त मलाई थाहा छैन ।’ सेनाले अति यातना दिएका कारण सेना प्रति वितिष्णा जागेर अहिले माओवादीको भोटर भएको उनले बताए ।
बुढेसकालमा सहाराको लौरो भांचिदा पनि चन्द्रकलालाई दाजु भाउजु प्रति कुनै गुनासो छैन । ‘दाजु भाउजु मेरा लागि युद्धमा होमिनु भएको होइन । सबै नागरीक र मुलुकका लागि हो मलाई सहयोग गर भनेर मैले भन्न पनि मिल्दैन भनेकी पनि छैन’ चन्द्रकलाले भनिन् । 
‘सबै कुरा थाहा छ सबै देखेका छन् मैले के भनुं र ? उनको दुखेसो थियो यो । ‘दिनदिनै तेरो दाई खोइ भन्दै सेना आउथ्यो । मलाई र वुहारीलाई लछार पछार पार्थ्यो । शालिकरामलाई कुट्न सम्म कुटेर विरामी बनायो’ गहभरी आंशु पारेर अतित सम्झदै चन्द्रकलाले भनिन् । ‘आज समय फेरीएको छ भन्छन् तर मेरा दिन उस्तै छन् । छोरो फर्केर आएन । ’ छोरा देविप्रसादको अवस्था पत्ता लगाउने माग सहित गरीएका हरेक आन्दोलनमा यि बुढी आमा पनि सहभागी भएकी छन् ।
साना बालबालिका र मानसिक रोगी छोराको रेखदेख र पालन पोषण गर्दै आएकी चन्द्रकलाका दुःखका आंशु आफ्नै दाजु भाउजुले पुछ्न सकेका छैनन् । देश र जनताको सेवाका लागि निस्केका दाजु भाउजुलाई उनले आफ्ना वारेमा सोच्न कहिल्यै भनिनन् । सबै कुरा थाहा पाएकालाई दुख सुनाउनु पनि उनलाई उचित लागेन ।
देश र जनताको आंशु पुछ्न बलिदानी दिएका दाजु भाउजुलाई चन्द्रकलाको आंशु पुछ्ने समय छैन । देश र जनताको मुक्तिकै अभियान अझै सकिएको छैन । ‘देशमा संविधान बनाउनु छ, जनताको चाहना ठुलो छ त्यो पुरा गर्नु छ । मेरो कुरा सुन्ने फुर्सद छैन उहांहरुलाई’ चन्द्रकलाले भनिन् । दाई प्रकाश र भाउनु पुर्णाकुमारीलाई खोज्दै चन्द्रकलाका घरमा नेपाली सेनाले शंकटकालको अवधिभर १ सय ६७ पटक छापा मार्यो । ‘जतिपटक सेना घरमा आउथे उती पटक भित्तामा धर्काे तान्ने गर्थे ’ उनले भनिन्–‘शंकटकाल सकिए पछि गन्दा १ सय ६७ पुगेछ ।’ छोराहरुलाई कुटपीट गर्यो बुहारी र बृद्ध चन्द्रकलालाई समेत अभद्र ब्यवहार गर्यो । हराएका पतिको खोजि गरिदिए र पीडकलाई सजाय दिएको देख्न पाए सबै दुख बिर्सेर जिन्दगी बिताउने आशा देवि प्रसादकी श्रीमति दिलाले लिएकी छन् ।

No comments:

Post a Comment