Thursday, January 19, 2012

धुमिल पार्ने तत्व खोजौ


श्रृजना आचार्य 
जनवरी ८ तारिखको दिन नेपालगन्जका केही पत्रकारको फेसवुकको वालमा देखियो ‘भन्सार प्रमुखले अर्थमन्त्रिलाई भने भुमिगत समुहले चन्दा माग्छन् र पत्रकारले घुस माग्छन् ।’ अर्थमन्त्री वर्षमान पुनसंग नेपालगन्ज भन्सार प्रमुख पुरुषोत्तम श्रेष्ठले व्रिफिङ्गको बेला भनेको अभिब्यक्ति पछि यस्तो प्रतिकृया सामाजिक संजाल फेसबुकमा आएको हो । 
ब्रिफिङ्गको समयमा म त्यहां थिइन त्यसैले भन्सार प्रमुखले ठ्याक्कै यहि भने भनेर चाहि म भन्ने सक्दिन । तर भोलीपल्टको दैनिक पत्रिकामा छापियो ‘भन्सार प्रमुख श्रेष्ठद्धारा आत्मालोचना ।’ भन्सार प्रमुख श्रेष्ठको प्रेस विरोधी अभिब्यक्ति प्रति नेपाल पत्रकार महासंघ बांकेले आवश्यक स्पष्टिकरणको पहल गरेको भन्दै समाचार बनाइएको थियो । केही पत्रकारहरुको उपस्थितिमै भन्सार प्रमुख श्रेष्ठले मन्त्री समक्ष दिएको सो अभिब्यक्ति आफैमा निकै गम्भिर हो । तर महासंघले थालेको स्पष्टिकरण प्रकृया प्रति भने ब्यक्तिगत रुपमा मेरो पटक्कै चित्त बुझेन । 
मन्त्री संगको ब्रिफिङ्गमा भन्सार प्रमुखले आफ्नो समस्या बताए । तर त्यसको भोलीपल्टै उनी आत्मआलोचित हुनुपर्यो । त्यहां पत्रकार महासंघको भुमिका भन्सार प्रमुखलाई आत्मआलोचित गराउने भन्दा पनि वास्तविकता पत्ता लगाउने तर्फ हुनुपथ्र्याे भन्ने मलाई लाग्छ । 
दैनिक नेपालगन्जमा प्रकाशित त्यस विषयको समाचारमा उल्लेख गरिएको छ ‘भन्सार प्रमुख श्रेष्ठले आफु आए पछि भुमिगत शसस्त्र समुहको चन्दा आतंक रोकिएको र पत्रकारको चन्दा पनि कम भएको’ अभिब्यक्ति अर्थ मन्त्री समक्ष ब्यक्त गरेपछि जिल्लाका पत्रकाहरुले कडा आपत्ती जनाएका थिए । 
सो समाचारलाई राम्रो संग पढ्ने हो भने पनि पत्रकारको चन्दा रोकिएको त रहेनछ केही कम मात्रै भएको रहेछ । तर यो विषयलाई महासंघले ध्यान दिनुभन्दा पनि भन्सार प्रमुखलाई माफि मगाउनु प्रमुख दायित्व ठान्यो । 
कुनै पनि पेशा ब्यवसायमा सय पं्रतिशत ब्यक्ति असल हुन्छन् भन्ने छैन । हाम्रो पत्रकारीता जगत पनि त्यो अवस्थावाट अछुतो रहन सक्दैन । म कतिपटक बसमा यात्रा गर्दा देखेको छु प्रेस कार्ड देखाएर केही ब्यक्ति बसको भाडा छुट गराउन बार्गेनिङ्ग गरिरहेका हुन्छन् । त्यो देखेर म लाजले पानी पानी हुन्छु । केही सरकारी कार्यालयमा रिपोटिङ्गको क्रममा जांदा कर्मचारीले केही पत्रकारको नाम नै तोकेर कार्यालयवाट दिइने सुचना र केही आर्थिक सुविधा पनि दिएको कुरा गर्छन । त्यतिवेला रातो मुख लाएर बाहिर निस्कनु बाहेक अर्काे बिकल्प हुंदैन । 
समाजमा भएका बिकृति विरुद्ध कलम चलाउने पत्रकारीता जगत भित्र थुप्रै विकृति छन् जसलाई केलाउन जरुरी छ । त्यसमा पत्रकार महासंघले पहल गर्न जरुरी छ । भन्सार प्रमुखले दिएको अभिब्यक्तिलाई गलत ठहर्याउने भन्दा पनि सो अभिब्यक्ति आउनुको कारण खोज्नु जरुरी ठान्छु म । 
जनआन्दोलन २०६२÷२०६३ मा बन्दका क्रममा मोटरसाइकलमा प्रेस टांसेर हिड्ने गैरपत्रकार उपर पत्रकार महासंघले छानविन गरेको थियो । सो क्रममा पत्रकारीताको नाम बेचेर फाइदा उठाएका थुप्रै गैरपत्रकारहरु देखिएका थिए । हाम्रो मर्यादित पेशालाई धुमिल पार्ने त्यस्ता ब्यक्ति हुन सक्छन् जसले भन्सार प्रमुखबाट लाभ लिएर हाम्रो पेशालाई बदनाम गरिरहेका छन् । त्यस तर्फ महासंघले पहल चाल्न जरुरी छ । जुनसुकै पेशालाई मर्यादित बनाउन समाजको आलोचनात्मक टिप्पणी सुन्न सक्ने क्षमता राख्नुपर्छ । अनि मात्र आफुमा भएको कमी कमजोरी हटाउन सकिन्छ । 
भन्सार प्रमुख श्रेष्ठ त्यस्ता ब्यक्ति हुन जसले सार्वजनिक रुपमा पत्रकारीता माथि टिप्पणी गर्ने हिम्मत गरे । कसैको आलोचनात्मक टिप्पणीलाई दबाउने भन्दा पनि वास्तविकता पत्ता लगाएर पत्रकारीता पेशालाई बदनाम गर्ने तत्वलाई सचेत गराउन जरुरी छ ।  

Monday, January 9, 2012

अचानो फरक पीडा एउटै



श्रृजना आचार्य
काठमाण्डौमा एउटै पार्टीका दुई नेताले अंगालो हाले भने तिनीहरु ठुल–ठुला अखबारका पानामा छापिन्छन् । दुई तिर फर्किएर ठुस्एिर बसेको फोटो लिन पाए पत्रकारले महान अवसर पाएको महशुष गर्छन । 
तर नेपालगन्जका शोभा विसी र चन्द्रकला उप्रेतिलाई ति अखबारको पानामा छापिने कुनै मोह छैन । शसस्त्र द्धण्द्धको समयमा शोभाले सुरक्षा निकायमा रहेर देशको सेवा गरेका आफ्ना पति गुमाइन भने चन्द्रकलाका पतिलाई सुरक्षा निकायले लगेर बेपत्ता पारे । 
काठमाण्डौमा मोहन वैद्ध किरण र प्रचण्डले एउटै पार्टी भित्र खिचलो झिकेर राजनीतिक माहोल तताइरहंदा शोभा र चन्द्रकला एक अर्काको आंखाको आंशु पुछ्दै हुन्छन् । उनीहरुलाई राजधानीको राजनीति प्रति कुनै वास्ता छैन । सरकारमा बसेकाहरुले उनीहरु बिचमा धेरै पटक फुट ल्याउने कोशीष गरे । कहिले एउटालाई सेवा र सुविधा दिने कुरा सुनाए कहिले अर्कालाई  मात्र अवसरको ललिपप दिने आश्वासन दिए । तर उनीहरु भने एक अर्काका अधिकारका लागि संगै आवाज उठाएका छन् र उठाइरहने प्रण गर्छन । 
‘हाम्रो कथा एउटै हो अनि पीडा कसरी फरक हुन्छ’ शोभा भन्छिन्–‘राज्यले पटक–पटक हामीमा विभेद गरेको छ ।’ शसस्त्र द्धन्द्धको बेलामा आफन्त गुमाएका माओवादी र राज्यपक्षका पीडित महिलाका लागि संयुक्त संगठन निर्माण गर्न खोज्दा सुरुमा शोभालाई धेरैले पत्याएनन् ।  अहिले यिनीहरु समाजका उदाहरणीय पात्र बनेका छन् । 
द्धन्द्ध पीडितका पक्षमा भएका सार्वजनिक समारोहमा यि दुवै जना संगै पुग्छन् । प्रायजसो संगै बसेको देखिन्छन् । ‘हामी हाम्रा लागि होइन हामी जस्तै तर आफ्ना समस्या सुनाउन नसकेकाहरुको आवाज बोल्न आउंछौं’ चन्द्रकला भन्छिन्–‘अरुका पीडा सुनाउंदा सुनाउदै आफ्नो पीडा त छायामा परिसक्यो ।’ 
यि दुई महिलाले आफुजस्तै फरक फरक पक्षवाट पीडित भएकाहरुलाई पीडा पोख्ने साझा मञ्च तयार पारेका छन् । यहि मञ्चमा थुप्रै महिला आउंछन्, आफ्ना कथा सुनाउंछन्, धक फुकाएर रुन्छन् अनि आफुजस्ता थुप्रै महिलालाई देखेर मन बुझाएर बस्छन् । ‘आफ्ना पीडा मात्र सुनाउन पाए पनि आधा सन्तोष हुन्छ’ चन्द्रकला भन्छिन्–‘राज्यका कानमा बतास लाग्छ लाग्दैन कम्तिमा हामी जस्ता महिला एक ठाउं त भएका छौं ।’ 
राज्यले यिनीहरुका बिचमा जति जति विभेद गर्दैछ यि महिला भने एकताको कसीमा उति धेरै कसिदै छन् । दायरा फराकिलो बनाउंदैछन् । हामी एक छौं भन्ने सन्देश दिन नेपालगन्जमा आइतवार यिनीहरुले मध्यपश्चिमभरीका आफुजस्तै पीडित महिलालाई भेला पारे । संधै जस्तै आफ्ना पीडा सुनाए । कतिले आफ्ना पीडाका कथा सुनाउंदै भक्कानिय, कति ति महिलाहरुको पीडा सुनेर आंशु पुछे ।  आखिर जसले पीडा सुनाए पनि आशु त सबैको झर्दो रहेछ । 
वृद्ध भत्ता खाने उमेर पुग्न दुई महिना मात्र कुर्नुपर्ने अवस्थामा पुगेकी बर्दिया नेउलापुरकी जगत कुमारी बस्नेतले आफ्ना दुई खाइलाग्दा छोरा सुरक्षा निकायवाट बेपत्ता पारीएको र एउटा छोरालाई अपाङ्ग बनाए पछिको दर्दनाक कथा सुनाउंदा मञ्चमा बसेकी शोभाले मन थाम्न सकिनन् । आंखाभरीको आंशु सारीको सप्कोले लुकाउने धेरै प्रयास गरीन तर सफल भइनन् । 
त्यतिबेलै चन्द्रकला भने प्युठानकी सहिद प्रहरी परिवारको पर्खाइमा थिइन् । ‘सवै मृतक प्रहरीका श्रीमतिले राज्यवाट सुविधा पाए तर तिनले अहिले सम्म केही पाएकी छैनन्’ चन्द्रकलाले भनिन्–‘आज उनलाई पनि यहां बोलाएकी छु ।’ प्युठानवाट कार्यक्रममा सहभागी हुन आउंदै गरेकी ति महिला कार्यक्रम स्थल नदेखेर बसमा सिधै भन्सार पुगिछन् । ति महिलाले पाएको दुख सुनेर चन्द्रकला दुखि हुंदै हतासिएकी थिइन् । 
उनीहरुले दिएको मञ्च प्रयोग गरेर त्यहां सबैले आफ्ना कथा सुनाए । जसले पीडा सुनाए पनि   सहभागी सबै द्धन्द्ध पीडितहरुको आंखा रसाउंथ्यो । त्यहां कुनै भेदभाव थिएन । न रिस, राग न कुनै द्धवेस थियो । शसस्त्र द्धन्द्धका समयमा उनीहरुका पति एक अर्का पक्षको विरुद्धमा उत्रिए ज्यान गुमाए । तर यि महिलाको पीडामा भने कुनै फरक पन देखिएन । एउटाको पीडामा अर्काे रोएको छ । एउटाको अधिकारको कुरा अर्काेले गरेको छ । 
    

Tuesday, January 3, 2012


अपराधिक फाइल खोल्दै
प्रहरी प्रमुख बिक्रम
श्रृजना आचार्य 
‘कि भगत सिंह छैन कि विक्रम सिंह छैन’ भनेर नेपालगन्जका स्थानिय बासीन्दाको मन जित्ने प्रयासमा लागेका बांकेका प्रहरी प्रमुख विक्रम सिंह थापाले नेपालगन्जका ठुला अपराधका घटनाको फाइल खोल्दै छन् । नगरबासीको मनमा सन्त्रास छाउनेगरी भएका ठुला घटनाका फाइल अनुसन्धान पुरा नहुंदै थन्किएका छन् । 
प्रहरी उपरिक्षक थापाले २०६२ सालमा नेपालगन्जको त्रिभुवन चोक स्थित दिप ज्वेलर्समा भएको सामुहिक हत्याकाण्ड, २०६६ साल देखि बेपत्ता भएका गौरवकृष्ण रस्तोगी र २०६६ सालकै सुभाषचन्द्र वर्नवाल हत्या घटनाका फाइल अध्ययन गरीरहेका छन् । ‘यस्ता घटनाको अनुसन्धान पुरा नहुंदा प्रहरीले के गरीरहेको छ भन्ने प्रश्न उब्जिएको छ’ उपरिक्षक थापाले भने–‘यस्ता घटनाको अनुसन्धान सुरु गरेको छु ।’
त्यस्ता घटनाको अनुसन्धान गर्न सिनियर प्रहरी अफिसरको संयोजकत्वमा तिन सदस्यीय अनुसन्धान समुह खटाएको उनले बताए । अनुभवी र दक्ष प्रहरी खटाइएको भए पनि आवश्यक परे काठमाण्डौका विशेषज्ञको सहयोग लिने उनको योजना छ । 
ठुला अपराधिक घटना मध्ये एउटाको मात्रै भए पनि निचोडमा पुग्न सकिए स्थानियबासीन्दाको विश्वास जित्न सकिने उनको ठहर छ । ‘एउटा मात्रै घटना फाइनल भयो भने पनि त्यसवाट नागरीकको प्रहरी प्रति विश्वास जगाउन सकिन्छ’ उनले भने । 
त्यसका लागि उनले ति घटनाको फाइल मात्र हेरेका छैनन् कतिपय घटनाको स्थलगत अनुसन्धान पनि गरेका छन् । एकै परिवारको पांच जना सदस्यको सामुहिक हत्या भएको दिप ज्वैलर्स हत्याकाण्ड अनुसन्धानका लागि उनी केही दिन अघि स्थलगत अनुसन्धानमा गएका थिए । 
उनले अनुसन्धान फरक ढंगले गर्न थालेको बताएका छन् । ‘फाइलमा भएका कुराले मात्र पत्ता लाग्दैन’ उपरिक्षक थापा भन्छन्–‘फाइल एउटा माध्यम हुन सक्ला तर फरक ढंगको अनुसन्धानको जरुरी छ ।’ 
उनले यस अघि भएको यि घटनाको अनुसन्धानवाट निचोडमा पुग्न नसकिने बताएका छन् । ‘अनुसन्धान एउटा तह सम्म पुगेको भए निचोड आउथ्यो’ प्रहरी उपरिक्षक थापा भन्छन्–‘मैले फाइल बल्ल खोलेको छु अहिले यसै भन्न सकिने अवस्था छैन ।’ 
सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका थापा यहांको संगठित अपराध निमिट्यान्न पार्ने ध्याउन्नमा छन् । ‘अपराध निर्मुल पार्न सकिन भने म यहां बस्नुको औचित्य छैन’ नेपालगन्जमा प्रहरी प्रमुख भएर आए देखिनै अलि कडा स्वभावमा प्रस्तुत भएका उपरिक्षक थापा अहिले पनि त्यहि मुडमा प्रस्तुत भए–‘भुमिगत समुहको त्रास कुनै पनि हालतमा समाप्त पार्नुछ ।’ उनी भन्छन्–‘हत्या, हिंसा, चन्दा असुली, अपहरण र विस्फाटका घटना बन्द गराउने लक्ष्य लिएको छु ।’ प्रहरी प्रमुख थापाले आफु त्यो अभियानमा सफलताको खुट्किलो चढ्न लागेको बताएका छन् । अपराधमा संलग्न केही ब्यक्ति पक्राउ पर्न थालेका छन् । 
भारतसंग सिमाना जोडिएको बांकेमा यस्ता घटनाको अनुसन्धान गर्न चुनौति भने कम छैन । यि घटनामा पेशेवर अपराधिको संलग्नता भएकाले पनि अनुसन्धान चुनौतिपुर्ण छ । 
नगरमा ढुक्क संग पेशा ब्यवसाय संचालन गर्ने वातावरण बनाउन केही नया योजना पनि उनी सामु छन् । वित्तीय संस्थाहरुमा सिभिल प्रहरी परिचालन, औद्योगिक, ब्यवसायीक र बैङ्किक क्षेत्रमा सिभिल प्रहरीको परिचालनलाई प्रथमिकतामा राखेका छन् । त्यसवाहेक औद्योगिक क्षेत्रमा काम गर्ने सुरक्षा गार्डलाई पनि सुरक्षा तालिम दिने योजना सार्वजनिक गरेका छन् । 
कुराकानीको क्रममा उनले भुमिगत समुहका नाइके भगतसिंहको नाम धेरै पटक लिए । ‘भगत सिंह कानुनी दायरामा आउनुपर्छ’ उनले भने–‘सिमापारी लुकेर संधै साध्य हुंदैन उ नेपालमै आउंछ ।’ भगत सिंहले वार्तामा आउने कुरा गर्ने तर अपराधिक कृयाकलाप जारी राखेकोमा उपरिक्षक थापालाई पटक्कै चित्त बुझेको छैन । ‘राजनीतिक रुपमा आउने हो भने अपराधिक कृयाकलाप छोड्नु पर्छ’ उनले भने–‘सबै छोडेर वातावरण बनायो भने हामीलाई कुनै आपत्ती छैन । 
निकै संवेदनशिल क्षेत्रमा बसेर काम गरिसकेको अनुभव भएकाले नेपालगन्जमा पनि ब्यवसायी र स्थानियबासीन्दा लगायतको सहयोग पाए आफ्नो मिसनमा सफल हुने उनको आशा छ । ‘ब्यवसायीवाट सहयोगको प्रतिवद्धता पाएको छु ’ उनले भने–‘हामीले सुरुवात गरीसकेका छौं अव सबैको साथ चाहिन्छ ।’ प्रहरी नै कतै भुमिगत समुहसंग मिलेका छन् कि भन्ने नागरीकको आशंका निर्मुल पार्न पट्टि ध्यान केन्द्रित भएको उनले बताए । 
२२ वर्ष देखि प्रहरी सेवामा लागेका थापा ४ वर्ष देखि उपरिक्षकको भुमिकामा छन् । प्रहरी निरिक्षकवाट प्रहरी सेवा सुरु गरेका उनीसंग चुनौतिसंग जुधेका थुप्रै अनुभव छन् । ‘इनिस्पेक्टर हुंदा काठमाण्डौमा पनि म फेमस भएको मान्छे हुं’ उनले भने–‘मेरो काम गर्ने आफ्नै तरीका छ, त्यसैले सफल पनि भएको छु ।’ 
गुल्मी धुर्काेटका थापा यस अघि काठमाण्डौका सबै युनिट, सप्तरी, कपिलबस्तु लगायतका ठाउंमा बसेर काम गरीसकेका छन् । हाइटि, कोशोभो, बोस्नियन लगायतका ठाउंमा मिसनको अनुभव पनि संगालेका छन् । ‘प्रहरीको जागीर अप्ठेरो छ’ प्रहरी उपरिक्षक थापा भन्छन्–‘सफल हुन सुरक्षा रणनीति राम्रो हुनुपर्छ ।’ 

Sunday, January 1, 2012


उनी प्रतिको मेरो गलत धारणा
श्रृजना आचार्य
यो पालीको सद्भाव दैनिकमा प्रकाशन गर्नुपर्ने सोमवारे स्तम्भलाई निरन्तरता दिन मैले अलि ठुलै चुनौतिको सामना गर्नुपर्यो । शनिवार अल्छिगरेकाले पनि होला आइतवार स्तम्भका लागि सामग्री तयार नगरी नहुने । अघिल्लो सोमवार प्रकाशन गर्नेगरी प्रहरी उपरिक्षक विक्रमसिंह थापासंग ब्यवसायीक सुरक्षाका विषयमा कुराकानी गर्ने प्रस्ताव राख्दा उनले तयारीका लागि एक हप्ताको समय मागेका थिए । त्यसैले शनिवार उनले मागेको म्याद सकिएकाले मैले पुन सम्झाए । तर शनिवार समय नमिलेकाले आइतवारका लागि समय तय भयो ।
आइतवार अंग्रेजी नयां वर्ष सुरु भएको दिन । केहि दिन देखि नेपालगन्जमा चैतमा जस्तै पोल्ने घाम लागेकाले आइतवार पानी पर्ला भन्ने त कल्पनै गरेको थिइन । तर आइतवार विहान १० वजे देखि नेपालगन्जमा अचानक पानी पर्न थाल्यो ।
म वाहिर निस्कदा पानीको रफ्तार त्यति ठुलो थिएन । त्यसैले यति सानो पानी छ पचाउंछु भनेर पानी छेक्ने साधन विनानै निस्किए । रेजिनाको घरमा खाना खाने तय भएकाले मलाई खाना पकाउनुपर्ने झण्झट थिएन । तर रेजिनाको घरमा खाना खाइसक्दा पानीले चुनौति दियो ।
एक घण्टा पर्खिए तर पानीको चुनौति कम भएन । मलाई काम नगरी नहुने, पानीले मेरो काममा बाधा हालिरह्यो । अब त अति भयो । मलाई पानी संग भित्रभित्रै रिस उठ्यो । तर मेरो रिससंग त्यो पानीलाई के मतलब । आफ्नो रफ्तारमा कमि ल्याउने कुनै संकेत गर्दैन ।
रेजिनाले पानीमा भिजेर नजानु भन्दै गर्दा म आफ्नै सुरमा निस्किए । अनि मोटरसाइकल स्टार्ट गरेर हुइकिए । धम्बोझि गाउंको गल्लिको बाटो गरेर जिल्ला प्रहरी कार्यालय पुग्दा मेरो शरिरको  अगाडीको भाग पुरै भिजिसकेको थिए । प्रहरी कार्यालयको भवनमा ओतिएर बसेकाहरु मलाई देखेर अचम्म परे । पानीमा भिज्दै आउनुपर्ने कुनै ठुलै कारण परेछकी भन्ने सोचे होलान भन्ने मलाई लाग्यो । तर उनीहरुतिर नहेरी म सिधै उपरिक्षकको कक्ष तिर हानीए ।
पुरै भिजेको कपडा सहित प्रहरी प्रमुखको कक्षमा उपस्थित हुंदा मलाई अलि अप्ठेरो महशुष भयो । म पुग्दा उनी कार्यालय कक्षमा बसीरहेका थिए । कोठा भित्र पुगेपछि म अलि टाढाको सोफामा बस्नै लागेको थिए उनले आफु नजिकैको सोफामा बस्न इशारा गरे । उनको कक्षमा अरु कोही थिएन । म उनी नजिकैको सोफामा गएर बसे ।
पहिलेनै कुराकानी गर्ने विषयमा छलफल भइसकेकाले त्यहां धेरै औपचारीकता निभाउनुपर्ने कुरै थिएन । सोफामा बस्ने वित्तीकै मैले डायरी निकाले । झोलामा हेर्छुछ मुभि क्यामेरा छ तर ब्याट्रि छैन । मलाई त्यति बेला रेजिना देखि झनक्क रिस उठ्यो । तर क्यामेरा त मैले नै राखेको हो । उसंग रिसाउनुपर्ने कारण त थिएन । गल्ति मेरै थियो । पत्रिकाको लागि कुरा गर्दैगर्दा टिभीको लागि पनि समाचार बनाउने मेरो योजना थियो । त्यो योजना भताभुङ्ग भयो ।
म केहीबेर अलमलमा परे ।
कुराकानी सुरु गरौ है सर ? मैले भने । उनले हुन्छ भन्ने संकेत गरे । म प्रश्न राख्दै जान थाले । उनको ब्यवहार अलि अनौठो लाग्न थाल्यो मलाई । मैले प्रश्न राख्दा उनी अस्वभाविक ढंगले आफ्नो घुम्नेकुर्चि सारेर मेरो निकै नजिक आइपुग्थे । तर म सामान्य ब्यवहार देखाउंदै थिए । प्रत्येक पटक प्रश्न राख्दा उनी मेरो नजिक आउंथे अनि जवाफ दिन फेरी कुर्ची सारेर पर जान्थे । मलाई अप्ठेरो लागिरहेको थियो । सोध्नुपनी भएन । कतिपय बेला उनले मेरो प्रश्नमा ध्यान नदिए जस्तो लाग्थ्यो । किनभने मैले गरेको प्रश्नमा उनि अर्कै जवाफ दिन्थे । त्यति बेला मैले सोंचे उनको ध्यान मेरो प्रश्न प्रति छैन अरुनै केही सोचिरहेको हुनुपर्छ । त्यहि क्रममा कुराकानी सकियो । मैले सोधेका करिब २५ प्रतिशत प्रश्नको जवाफ उनले ‘अफ द रेकर्डमा’ दिए ।
मेरो कुराकानी सकिएको थियो त्यहि बेला नेपाली कांग्रेसका नेता महेन्द्र मल्ल सहित दुई जना उपरिक्षक थापालाई भेट्न कार्यकक्षमा आए । उनीहरु आए पछि मेरो काम पनि सकिएकाले म वाहिर निस्कन खोजे । तर उनले मलाई चिया खाएर जानुस् भने ।
मैले सोचे उनको कक्षमा रहेका मल्ल र उनका साथि सहित सबैलाई चियाको अफर गरे होलान । त्यसैले हुन्छ भनेर केहीबेर बसे । पानीले भिजेकोले पनि जाडो भइरहेको थियो । त्यसैले चिया मेरो लागि फाइदाजनक देखेर उनको प्रस्ताव स्विकार गरे । तर मल्ल र उनका साथी केहीबेर कुराकानी गरेर बिदा मागे । उनीहरुलाई चिया खाएर जानुस् भनेनन् ।
अनि मेरो मनमा फेरी उनीप्रति अर्काे बिचार जन्मियो । किन उनीहरुलाई भनेनन् मलाई मात्र चियाको अफर गरे । मलाई कतिवेला त्यहांवाट उठेर जाउं जस्तो भएको थियो । महेन्द्रहरु उपरिक्षक थापाको कोठाबाट बाहिरीएपछि उनी अनौपचारीक कुराकानी तिर लागे । केहीबेर अनौपचारीक कुराकानी भएपछि चिया आयो । म चिया खाएर निस्कनै लागेको थिए । उनीसंग अब म जान्छु है सर भने । उनले सुनेनन् । फेरी भने अनि फेरी सुनेनन् । किनभने म उठेर उनीदेखि केही टाढा उभिएको थिए । अनि उनले भने श्रृजना जी द्धन्द्धकालको समयमा म दुई पटक एम्बुसमा परेकोले मलाई केही समस्या छ । त्यसैले म कान अलि कम सुन्छु ।
‘सरी सर’ मैले भने अनि त्यहांबाट निस्किए । पानी परिरहेकै थियो । म भिज्दै भिज्दै मेरो कार्यालय आए । बाटोभरी सोचे वास्तविकता थाहा नहुंदा मानिसले कसरी कसैप्रति नकारात्मक धारणा विकास गर्दाै रहेछ । एउटा राम्रो उदाहरण मैले मेरो अनुभवमा संगाल्ने मौका पाए ।
कार्यालय पुगेर पत्रिकाको लागि सामग्री तयार गर्नुपुर्व मेरो मनमा खेलेका यि अनगिन्ती भावना लेख्न उपयुक्त लागेर किबोर्डमा औला दौडाउन थाले ।





Monday, November 28, 2011

भोलाको न्यायको यात्रा


>[hgf cfrfo{
g]kfnuGhdf x'g] dfgjclwsf/sf kIfsf jx; / 5nkmndf clgjfo{ pkl:ylt x'g] AolQm x'g ef]nf dxt . dfcf]jfbL z;:q 4G4sf] ;'?jft ;+u} pgsf] clwsf/sf] n8fO{ klg ;'? ePsf] xf] . dfcf]jfbL z;:q 4G5 ;lsP klg pgsf] clwsf/sf] n8fO{ eg] cem} hf/L 5 .
wgu9Ljf6 @)%@ ;fndf OG;]sdf k|j]z u/]sf $! jlif{o ef]nf clxn] If]lqo sfof{no g]kfnuGhsf ;+of]hs x'g\ . wgu9Ldf Ps jif{ latfP/ g]kfnuGhdf cfOk'u]sf pgL clxn] olxsf :yfoL af;LGbf eO;s]sf 5g\ .
ljBfyL{sfndf ;+lut ;fwgfdf nfu]sf ef]nf dfgjclwsf/sdL{ gePsf] eP kSs} snfsf/ x'Gy] xf]nfg\ . eG5g\–lut d c;fWo /fd|f] ufp+y], Ps b'O{ j6f jfhf clxn] klg /fd|f] ahfp+5' .Ú /fHon] snfsf/sf] ;Ddfg gu/]sf] b]v]kl5 cfkm\gf] k|ltef x'+bf x'+b} klg @)%# ;fn b]lv eg] Tof] k|ltefnfO{ st} yGSofP/ /fv]sf 5g\ . …snfsf/ / v]nf8Lsf] cj:yf p:t} 5Ú pgn] eg]–…snfsf/ eP/ /fli6«o cGt/fli6«o If]qdf lrlgGy] xf]nf t/ c;Gt'li6 ;+w} /xGYof] .Ú
dfgjclwsf/sf If]qdf sfd ug{] OG;]ssf] dWoklZrd If]lqo ;+of]hs eP nuQ} pgsf] k]zfdf sl7g ofqf ;'? ePsf] xf] . …dfcf]jfbL 4G4sf qmddf cfkm\gf] Odfg arfP/ Gofosf kIfdf n8\g' sd sl7g sfd lyPgÚ pgL eG5g\–…s}of} k6s Hofg hf]lvddf k/]sf] 5 . Ú
ljxfg sl/a *=#) jh] ;+jfbbftf OG;]s sfo{nodf k'u]sf] cfwf306f kl5 pgL cfOk'u] . …d]/f] ;fdflhs sfd k|fo ( jh]jf6 ;'? x'G5Ú cfkm'n] ;+jfbbftfnfO{ cfwf 306f s'/fpg'sf] tfTko{ k|i6\ofp+b} pgn] eg]–…Knfg gePsf] sfddf ;do lbg'kbf{ clnslt cK7]/f] x'G5 .Ú
…Ps lbgdf Pp6} dfG5]n] rf/÷kf+rj6f e'ldsf lgefpg'k5{Ú s'/fsfgLnfO{ cf}krf/Lstf lbg'k'j{ pgL cfkm} ;+jfbbftfsf nflu jftfj/0f agfp+b} lyP .
lbge/ ;fdflhs sfd, cGo sfof{nosf] cf}krf/Ls sfo{qmddf Ao:t eO/xg] ef]nfsf] b}lgls ljxfg k|fo $ jh]jf6 ;'? x'G5 . ;+w} ljxfg $=#) jh] …dlg{Ë jfsÚdf lg:sG5g\ . …dlg{Ë jfsÚsf] klg 5'§} b}lgsL 5 . ;+u} …dlg{Ë jfsÚ ug{] pgsf] Pp6f 5'§} ;d'x 5 . To;df & hgf 5g\ . cGt/fli6«o ;+:yfdf sfd ug{], Aofkf/L, k|f]km]zg cu{gfOh]zg ;+:yfsf AolQmx?sf] ;d'x 5 hf] …;+u} dlg{Ë jfsÚ u5{g .
OG;]s sfof{no glhs}sf] rf]sdf hDdf eP/ b'O{ sd lrof vfg] / /fhgLlts, ;fdflhs / ;d;fdlos ljifodf ukm r'6\g] pgLx?sf] …dlg{ËjfsÚsf] b}lgsL xf] . …xfdL rf]sdf l7Ss ^ jh] k'U5f}+, Toltj]nf /]l8of]sf ;dfrf/ ;'lgG5Ú pgL eG5g\–…Tolx ;dfrf/df cfPsf ;d;fdlos ljifodf rrf{ u5f{} .Ú
klTg clgtf yfkfsf] glz{Ë k]zf ePsfn] k|fo 3/df ljxfgsf] sfd pgs} yfKnf]df cfOk5{ . …clgtfsf] k|fo dlg{Ë l8p6L k5{Ú pgn] afWotf lj;fP–…afnaRrfsf] sfd t clgtf 3/d} eP klg d cfkm} u5'{ .Ú ef]nf vfgf ksfpg lgs} l;kfn' 5g\ . vfg dg gkg{] / clt dg kg{] t/sf/L 5}g . …;a} dg k5{ t/ ljz]if dg kg{] klg s]xL 5}gÚ pgn] eg] .
b'O{ 5f]/fsf lktf pgL 5f]/fx?nfO{ vfgf v'jfpg], tof/ ug{] / :s'n k'¥ofpg] lhDd]jf/L cfkm} lnG5g\ . …sfG5f] afa' cldt d lagf vfgf vf+b}gÚ pgn] eg]–…d st} jflx/ uP eg] w]/} kmf]g p;s} cfp+5 .Ú
dfgjclwsf/sf ljifonfO{ 8s'd]G6]zg ug'{kg{] ePsfn] OG;]s sfof{nodf x'+bf pgL k|fo Od]n OG6/g]6df em'lDdO/xG5g\ . …xfd|f] sfof{nosf] alnof] kIf eg]s} 8s'd]G6]zg xf]Ú pgn] sfof{nosf] ljz]iftf klg atfpg r's]gg\ .
sl/a !^ jif{sf] ;fdflhs lhjgdf slxn] sfxL pgL cfkm\gf] AolQmut lhjg g} lj;{G5g\ . …xfdL ;fdflhs sfo{stf{sf] lhjg xfd|} sG6«f]ndf x'+bf]/x]g5Ú pgn] eg]–…;fdflhs sfd ePsfn] ;+:yfn] lbPsf] lhDd]jf/L eGbf y'k|} cGo sfd ug'{k5{ .Ú clxn] pgL ldzg g]kfnuGh gu/kfnLsfdf nfu]sf 5g\ .
& hgf clkml;on sd{rf/L /x]sf] OG;]s sfof{nodf pgsf] ;do ;f+em & jh] ;Dd laTg] u/]sf] 5 . % jh] sfof{no ;do ;lsP klg yk b'O{ 306f ;a} sd{rf/L dWoklZrdsf] dfgjclwsf/sf] cj:yfsf ljifodf 5nkmn u5{g .
w]/} Ao:t x'g] ePsfn] cfkm}nfO{ Aojl:yt ug{ eg] slxn] sfxL ljl;{g] u/]sf 5g\ . …slxn] sfof{nosf] sfddf lgs} tgfj eP eg] 3/df nu]/ Tof] tgfj kf]lv+bf] /x]5Ú pgn] eg]–…slxn] 3/sf] tgfjn] clkm;sf sd{rf/L;+u emf]lSsbf] /x]5' .Ú
;f+em * jh]sf] sflGtk'/ 6]lnlehgsf] ;dfrf/ g5'6fpg] pgL s]xL j]/ cWoog klg u5{g . clxn] /fhkl/jf/ xTofsf ;DaGwdf k|sflzt lstfj kl9/x]sf 5g\ . Ps jif{ cl3 ;Dd b}lgs !* sk lrof vf+bf sl/a cfwf lsnf] lrlg vfObf] /x]5 eGg] 1fg kfP b]lv lagf lrlgsf] lrof vfg yfn]sf 5g\ . …clxn] klg ;/b/ * sk hlt k'U5Ú pgn] lrof vfg'sf] afWotf ;'gfP–…hxf+ uP klg ;Tsf/ lrofjf6 kfOG5, gfO{ eGg ;lsGg .Ú  pgL kl/jf/nfO{ ;do lbg gkfp+bf lvGg 5g\ . …>Ldltn] t d]/f] k]zfsf] afWotf a'em\l5g t/ ;fgf 5f]/fx?n] slxn] sf+xL ;do dfUbf klg Aoj:yf ug{ xDd] xDd] k5{ .Ú @)^% ;fnb]lv pgn] xndf uP/ lkmNd x]/]sf 5}gg\ . clGtd k6s klTg clgtf ;+u lxGbL lkmNd x]/]sf lyP t/ To;sf] gfd eg] ofb 5}g .
cfkm'nfO{ Aoj;foLs 5' eGg] 7fGg] pgL To;}df uj{ u5{g t/ l5§} lg0f{o ug{] afgL pgL cfkm}nfO{ dg k/]sf] 5}g . …slxn] sfxL t'?Gt} lg0f{o ubf{ w]/} kmfObf klg x'G5 t/ slxn] sfxL To;}n] 8'jfp+5Ú pgn] cg'ej ;'gfP .
!^ jlif{o Aoj;foLs lhjgdf af+s]sf] /fKtL kf/L a3f}8f If]qdf ePsf] 36gf pgL slxNo} lj;{Ggg\ . @)%* ;fn c;f/df dfcf]jfbLn] :yflgo af;LGbf d'/fpnfO{ df/]sf] 36gf kl5 ufp+n] ql;t eP/ ef/t lj:yflkt ePsf] ;'rgf kfP/ uPsf pgL ;lxt & hgfn] em08} Hofg u'dfpg'k/]sf] lyof] . 36gfsf] :ynut cg'udgdf uPsf pgLx?nfO{ ufp+n]n] dfcf]jfbL 7fg] kl5 cK7]/f]df k/]sf lyP . …t/ ;fdflhs kl/ro agfPsfn] Tolta]nf Hofg hf]luof]Ú pgn] eg] .
hlt x08/ / 7Ss/ vfPklg clt sl7g ;dodf klg ;+oldt eP/ sfd u/]sfn] cfkm}nfO{ uf}/a nfUg] atfpg] ef]nfn] Rofn]~h u/] …%@ ;fn b]lv ;'? ePsf] d]/f] ;fdflhs lhjgdf d]/f] To:tf] s'g} 36gf 5}g, d}n] g}lts kIf sdhf]/ agfpg] sfd u/Lg\ .Ú
…dfcf]jfbL / /fHo kIf b'j}n] ulNt ubf{ b'j}sf sdhf]/L b]vfOof] t/ s;}sf] glhs eOg s'/fsfgLsf] qmdnfO{ la6 dfb{{}Ú pgn] eg]–…of] zfvnfO{ clxn] klg hf]ufpg' 5 .Ú  

Monday, November 14, 2011

सफलता तिर रचना


श्रृजना आचार्य 
नयां ब्राण्ड आएको छ । ह्वाइट रम हो । कलर नखानेहरुका लागि । ब्ल्याकमा पनि छ । र्याकको छेवैमा लहरै राखिएका पेय पदार्थ भरीएको बोतल हेर्दै गरेका ग्राहकलाई उनले आफ्नो ब्राण्डको विज्ञापन गरीहालीन् । तर ग्राहक भने उनी तिर हेरेकै छैन । सांझको करिब सात वजेको हुंदो हो । उनको पसलमा पेय पदार्थ लिन आउनेहरुको ‘पिक आवर’ हो । 
‘आज शनिवार दिनभर पसल बन्द थियो । एकै छिन खोलेको हो’  उनीसंग कुराकानी गर्न पुगेकी संवाददातासंग पनि भलाकुसारीलाई निरन्तरता राखेकै छन् । 
उनले नयां ब्राण्ड भनेर विज्ञापन गरेको ‘रम’ ग्राहकको रोजाइमा परेन  । ‘रेड वाइन’ प्याक गर्न लगाएर हिडे । 
‘दिनभरी १० थरी मान्छे आउंछन् । सवैसंग राम्रो ब्यवहार गर्नुपर्छ’ उनले पेशाको बाध्यता छलैङ्ग पारीन । ‘सामान बेच्दा राम्रो छ भन्नुपर्छ । नयां ब्राण्डको बारेमा जानकारी दिंदा टेष्ट गर्नुभएको छ भन्छन् अलि अप्ठेरो हुन्छ’ उनले आफ्नो बाध्यता यसरी खोलिन । 
नेपालगन्जको धम्बोझी चोक नजिक रहेको ‘न्यु सन्देश सेन्टरमा’ तपाई जानुभयो भने ३२ वर्षिया रचना श्रेष्ठ यसरी नै प्रस्तुत हुन्छिन् । बाबु मणिन्द्रलाल श्रेष्ठको पत्रकार वनाउने रहरलाई भन्दा आफ्नो सफल ब्यवासायी बन्ने चाहनालाई प्राथमिकता दिएकी रचनालाई अहिले आफ्नो रोजाई प्रति कुनै पछुतो छैन । 
भन्छिन् ‘आर्थिक पक्षलाई ध्यान दिएर सफल ब्यवसायी बन्ने सपना साकार पार्न तिर लागे’ । उनी आफु एक सफल ब्यवसायी भएकोमा गर्व गर्छिन । ‘मेरो आइडियल भवानी राणा हो । एउटी महिलाले नेपाल उद्योग वाणीज्य महासंघको नेतृत्व हाक्नुभएको छ ।’ अवसर आफै आउंदैन अवसर खोज्न आफै जानुपर्छ भन्ने सोचाई राख्ने रचना नेपालगन्ज उद्योग वाणीज्य संघकी सदस्य हुन् । 
कुनै ब्यवसायीक जमघट होस वा सामाजिक जमघट । रचना नभएको जमघट खल्लो हुन्छ । सुन्दर र फरासिली रचनासंग वातावरण नै सुन्दर बनाउने खुबी छ । खुलेर कुरा गर्न मन पराउने रचना सफल ब्यवसायी हुनुमा उनको यो गुण पनि सहयोगी भएको छ । त्यसमा पनि उनको यो सपना साकार पार्न पति युवराज कार्कीले निकै सहयोग पुर्याएका छन् । समाज सेवालाई पनि उत्तिकै महत्व दिने रचना पति युवराजलाई पसलमा राखेर समाजसेवामा निस्कन्छिन् । 
लायन्स क्लव र जेसिस मार्फत उनले समाजसेवामा आफ्ना हात अगाडी बढाएकी छन् । ‘जेसिसले मलाई धेरै कुरा सिकायो’ भन्छिन्–‘महिलाका लागि अति कठिन मेरो पेशामा सामाजिक कामले सहयोग पर्याएको छ ।’ क्षेत्रिय कृकेट विकास समितिमा आवद्ध भएर खेलकुद क्षेत्रलाई पनि सहयोग पु¥याएकी छन् ।  
सामाजिक जागरणमा निस्कने रचनालाई ब्यवसायीक महिला प्रति हेर्ने समाजको दृष्टिकोण नफेरीएकोमा निकै चिन्तित बनाएको छ । ‘पुरुषलाई जस्तो सजिलो कहां छ र ? हामीलाई हेर्ने आंखा थरीथरीका छन् ।’ 
यसैका कारण हो ब्यवसायीक क्षेत्रमा महिला अघि आउन नसकेको । तर पनि विस्तारै परिवर्तन हुंदैछ । उनी भन्छिन् – ‘२०६३ सालमा म उद्योग वाणीज्य संघको सदस्य हुंदा संघमा जम्मा ९५ जना थिए अहिले ३ सयको हाराहारीमा छौं ।’ तर नेतृत्वमा जान भने धेरै संघर्ष गर्नुपर्ने उनको धारणा छ । 
कोल्ड स्टोरको सम्पुर्ण बागडोर सम्हालेकी रचनाले ग्राहक र डिलरका ब्यवसायीसंग आफै डिलिङ्ग गर्छिन । ‘पार्टीका (ब्यवसायी) मान्छेले त सम्मानजनक ब्यवहार गर्छन’ उनी भन्छिन्–‘ग्राहकको नियत थाहा हुंदैन ।’ 
२०५४ सालमा युवराजसंग विवाह भएपछि ब्यवसायीक क्षेत्रमा लागेकी रचना अहिले छुट्टै उद्योग पनि दर्ता गर्दैछन् । ‘पिउने पानी सम्बन्धि उद्योग दर्ता भइसक्यो’ उनले आफ्नो आगामी योजना सुनाइन्–‘अनमोल ड्रिङकिङ्ग वाटर’ ‘गत वर्ष दर्ता गरे’ उनले भनिन्–‘अब सोडा र पानी सम्बन्धि अर्काे उद्योग दर्ता गर्दैछु ।’ 
महेन्द्र उच्च माविमा कक्षा १० मा पढ्दा पढ्दै युवराज संग माया बसेछ । ‘ममीको पसल थियो । ममिलाई सघाउन पसलमा बस्थे उहां (युवराज) आउनुहुन्थ्यो’ उनले आफ्नो ति पल सम्झदै भनिन्–‘माया बस्यो र विवाह भयो ।’ 
विवाह पछि भने उनले पठाईलाई निरन्तरता दिन सकिनन् । ‘मेरो ब्यवसायका लागि आवश्यक शिक्षा छ’ प्रमाणपत्र तह उतिर्ण गरेकी रचनाले भनिन्–‘विवाह पछि पढाईलाई भन्दा ब्यवसायलाई प्राथमिकता दिए ।’ 
कुराकानीको क्रम टुंगीदै गर्दा उनले आफ्नो पसलको विशेषता बताउन भने चुकिनन् । मेरो पसलमा एउटा घरमा आवश्यक पर्ने खाद्यान्न सम्बन्धि सबै सामान पाइन्छ ’ भन्छिन््–‘गुणस्तरलाई म निकै महत्व दिन्छु ।’ क्यानका आइटम, विदेशी रक्सि, नाम चलेका ब्राण्डका पेय पदार्थ सबै पाइन्छ । आफुले उत्पादन भएको मिती हेरेर डिलर संग सामान राख्ने गरेको बताउने रचनाले आफ्ना ग्राहकलाई पनि सामान किन्दा उत्पादन मिति हेरेरै लैजान सुझाव दिन्छिन् । भन्छिन् –‘उपभोक्ताको स्वास्थ्यलाई संधै ख्याल गर्छु ।’ 

Sunday, June 19, 2011

मरेको छैन अपनत्व


गोविन्द कुलपुजाका लागि सल्यान गएकाले मलाई केही दिन देखि एफएममा विहानको डिउटी गर्नुपर्ने अवस्था छ । परिक्षा नजिकिएको बेलामा दिनको दुइपल्ट एफएम जानुपर्दा मलाई निकै टाउको दुखाई भएको थियो । 
फुर्सद हुंदा पढ्न मन नलाग्ने जव एफएम जानुपर्ने बेला भयो अनि किताबको याद आउने । आइतवार विहान त मलाई विहान उठ्न निकै मुस्किल भइरहेको थियो । कारण के थियो भने एउटा नचिनेको मोवाइल नम्बरवाट राति १० वजे देखि ‘कल्पना हो’ भन्दै एउटा मान्छेले अनावश्यक फोन गरेर मेरो निन्द्रा खराब गरेको थियो । मध्य रातमा बारम्बार फोन गरेर निन्द्रा विथोलिएकाले विहान उठ्न निकै गाह्रो भए पनि आखिर एफएम त  नगई भएन । बल्ल बल्ल उठेर एफएम गए । विहान साढे ६ वजेको समाचार सकेपछि एक घण्टा फुर्सद भयो । फुर्सद हुनासाथ कम्प्युटर अगाडी छ भने पहिलो प्राथमिकता फेसबुक हेर्ने हुन्छ । 
फेसवुक अन गर्नासाथ राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रिय संयोजक मुरारी खरेल अनलाईन हुनुहुंदो रहेछ । औपचारीकताको अभिवादन आदान प्रदान पछि मैले आज के छ सर भनेर सोधे । मुरारी सरले एक जना मानवअधिकार रक्षकको छोरी वेपत्ता भएको खबर सुनाउनुभयो । 
बर्दिया जमुनी गाविस सितापुरकी मानवअधिकार रक्षक कौशीला सिंह ठकुरीकी ९ वर्षिया छोरी दिपशिखा बेपत्ता भएको प्रारम्भिक खबर आएको जानकारी दिनुभयो । त्यति खबर पाएपछि आफ्नो कर्तब्य निभाउन थाले । विभिन्न च्यानललाई फोन गर्दा घटना सांचो ठहरियो । समाचार प्रशारण भयो । 
पछिल्लो समय स–साना बालबालिकालाई अपहरण गरी फिरौती माग्ने गिरोह सकृय भएकाले हामी पनि शसंकित भयौ । कतै यो पनि त्यस्तै घटनाको निरन्तरता होकी भनेर । अनलाइनकै च्याटमा घटनाको स्थलगत रिपोर्टिङ्ग गर्ने निधो भयो । 
८ वजे समाचार सकेपछि मलाई लिन एकजना साथि आउनुभयो । अनि आयोगको गाडीमा लाग्यौ जमुनी तिर । गाउंमै पुगे पछि विभिन्न ठाउंमा मानिसहरुको झुण्ड देखियो । चौतारी, चौराहा र दोवाटोमा मानिसहरुको भिड थियो । हामीले कुरा गर्यौ गाउंमा एउटा घटना हुनासाथ कसरी पुरा गाउंनै प्रभावित हुन्छ । एउटालाई परेको दुख सबैले आफ्नो सम्झन्छन् । कौशीलाको दुखमा साथ दिन सबै गाउंले बाहिर निस्केका थिए । गाडी भित्रै हामीले गाउंले सहयोगी जिवन र शहरी स्वार्थी जिवनको तुलना गर्यौ । शहरमा माथिल्लो तलामा बस्नेलाई आपत विपत पर्दा एउटै घरको तल्लो तलामा बस्नेलाई वास्ता हुंदैन । तर यहां त गाउंनै पुरा उल्टिएको छ । खेतका काम गर्नुपर्ने असारको माचोमा पनि सबै गाउंले सडकमा निस्केर एक आपसमा कुरा गर्दै चिन्ता ब्यक्त गरीरहेका छन् । 
एउटा झुण्ड नजिक गएर कौशीलाको घर सोध्न गाडी रोकियो । त्यहां सोध्दा बालिका घरदेखि केही पर नालामा डुबेको अवस्थामा मृत भेटिएको जानकारी पायौं । नभन्दै केही पर नाला छेउमा गाउंलेको ठुलै झुण्ड देखियो । 
बालिकाको मृत्यु भइसकेको थाहा भएपछि त्यहां अब हाम्रो केही भुमिका नहुने देखियो । तर गाउंमा पुगीसके पछि केही न केही त गर्ने पर्यो । त्यसपछि चार महिना पहिला भारतीय सिमा सुरक्षा बल एसएसविले नियन्त्रणमा लिएर बेपत्ता बनाएका नागरीकको घरमा पुगेर उनीहरुको परिवारको अवस्थाका वारेमा जानकारी लियौ । फर्कने बेलामा गाउंमा पुगीसकेपछि अन्य केही भुमिका नभए पनि घटना हेरेर फर्कने निधो गरेर गरीयो । घटनास्थल नजिकै गाडी लिएर जान उचित ठानेनौ । अलिवर गाडी राखेर हिंडेर गयौं । हामी पुग्दा बालिकाको शव पानीवाट झिकेर कपडाले बांधिसकेको रहेछ । 
केहीवेर त्यहां अल्मलिएर फर्किन लागेका थियौ । दुईतिर नाला बनाएर बिचमा माटो पुरेर बनाएको बाटोमा गाडी गुड्दै थियो । बाटोको छेउ छेउमा मानिस हिंडेकाले साइड दिन चालकले गाडी किनारमा लगेछन् गाडी त हिलोमा जोतियो । निकाल्ने जति कोशिष गरे पनि गाडी निस्कने संकेत देखिएन । लौ बरवाद पार्यो हामी निकै चिन्तित भयौ । 
गाडी फसेको देखेपछि त्यहांका युवाहरुआए । कसैले धकेल्न थाले कसैले गाडी नै उचालेर निकाल्ने प्रयास समेत गरे । अचम्म रातभर बालिका खोजिमा निन्द्रां गुमाएका गाउंले शहरीया चढेको गाडी हिलोमा फसेको देखेर निकै चिन्तित थिए । वास्तवमा त्यहां अपनत्व थियो । हामी लाचार भयौ तर उनीहरुले हिम्मत हारेनन् । मानिसको भिड छंदै त्यसलाई सदुपयोग गर्न हामीलाई उल्टै सम्झाइरहेका थिए । तर जति गरे पनि पाटेको माटोमा फसेको गाडी निस्कनुको साटो झन झन हिलोमा दब्दै गयो । केही सिप नलागे पछि ट्याक्टरले निकाल्ने निधोमा पुगीयो । 
हामीसंग त्यही फसेको गाडी बाहेक अन्य केही साधन थिए्न । ट्याक्टर खोज्न कहां जांने ? त्यही भिडमा उभिएका युवा मध्यकाले आफ्नो ठुलो बुवाको ट्याक्टर भएको बताए । तर टाढा घर भएकाले साधनको आवश्यकता थियो । हाम्रै पेशाका बर्दियाका सहकर्मी मोटरसाइकल लिएर आएका थिए । उनीसंग सहयोग माग्ने निधो गरियो । 
तर त्यति धेरै सहयोगी भावनाका ब्यक्तिको बिचमा रहेर पनि ति ब्यक्तिमा आत्मै देखि मोटरसाइलक दिएर सहयोग गरौं भन्ने भावना जागेन । धेरै बेरको प्रयास पछि लाचारीका साथ बल्ल बल्ल मोटरसाइकल दिन राजि भए । सहकर्मीको मोटरसाइकलमा ति युवालाई बसालेर आयोगका मोहन जोशि जानुभयो ट्याक्टर खोज्न । 
ट्याक्टर आउन र गाडी निकाल्ने करिब एक घण्टाको अवधि लाग्यो । त्यो अवधिमा बालिका हराए देखिको भोलीपल्ट विहानको अवधिमा गाउंलेले निभाएको भुमिकाका बारेमा जानकारी पाइयो । बालिका हराएको थाहा पाउनासाथ गाउं भरीका कुनै महिला पुरुष घरमा बसेनन् । आफ्नै परिवारको सदस्य जस्तै सबैले रातभर बालिकाको खोजि गरे । भारतको जंगल, नाला, गाउंभरी जतासुकै खोजे पनि बालिका भेटिइनन् । हामी बसेको चौतारा नजिकैकी एक महिलाले भनिन् ‘कहां सुत्नु नानी राती एक वजे खाना खाएको । निदाउन कोशीस गरे पनि निन्द्रा लागेन । आंखा चिम्लना साथ त्यहि केटीको अनुहार झलक्क आंखामा आउंथ्यो ।’ 
दिनहुं मानिसको मृत्यु, अपहरण, हत्या जस्ता घटनाका बारेमा समाचार बनाउंदा, त्यस्ता घटना सुन्दा सुन्दा निर्जिव भइसकेको हाम्रो मन गाउंलेको त्यो अपनत्व भावना देखेर प्रभावित भयौं । ‘वास्तवमा बस्ने त गाउंमा नै हो । शहरमा यो अपनत्व कहां पाइन्छ र ? ’ मुरारीले भन्नुभयो । 
ट्याक्टर आयो गाडी निकाल्यौ । हामी चौपारीमा बसेका थियौं । तर रोक्दै नरोकी खुरुक्क ट्याक्टर गयौ । मुरारी सरले भन्नुभयो ‘पैसाको कुरा मोहन जीले मिलाउनुभएछ । ट्याक्टर त  रोक्दै नरोकी गयो ।’ 
त्यति भनेपछि मोटरसाइकल दिएर सहयोग गरेका हाम्रा सहकर्मीलाई धन्यवाद दिएर मुरारी सर र म गाडीमा चड्यौ । मोहन सर पहिल्यै गाडीमा हुनुहुन्थ्यो । गाडीमा पुगे पछि मुरारी सरले मोहनसरलाई सोध्नुभयो । ‘पैसा कति लाग्यो ? ’ तर अचम्म ट्याक्टर मालिक धनवहादुर काइलाले त एक रुपैया पनि लिएनछन् । 
कम्तिमा एक हजारको माग राखे भने पांच सयमा उम्काउंला भन्ने मुरारी सरको कल्पनाको उल्टा ब्यवहार गाउंले ट्याक्टर मालिक काईलाले देखाए पछि धन्यवाद समेत दिन नपाएकोमा मुरारी सर पछुताउनुभयो । 
बास्तवमा धनवहादुर काइला जस्ता सहयोगी भावना बोकेका नेपालीहरु अझै पनि हाम्रा समाजमा छन् । धन्यवाद छ काइला तिमिलाई ।  अनि समाजमा एउटालाई विपतपर्दा आफ्नै एउटै परिवार जस्तो गरेर दुख बांड्ने गाउंमा अपनत्व रहिरहोस । पाहुनालाई दुख पर्दा सहयोग गर्ने सहयोगी हातहरु कहिल्यै नथाकुन ।